Tuesday, June 28, 2016

www.esamata.com का लागि रिपोर्टरको आवश्यकता

रिपोर्टरको आवश्यकता
www.esamata.com का लागि जाँगरिलार सिर्जनशील युवा रिपोर्टरहरु चाहिएको छ 
पदः रिपोर्टर ३ जना (तीनजनामध्ये कम्तीमा एक महिलाछानिनेछ) 
मुख्यजिम्मेवारी
  • www.esamata.com को नीतिअनुरुप दैनिक रुपमा समाचार संकलन गर्ने
  • विश्लेषणात्मक फिचर बनाउने
  • सामाजिक समावेशीकरण र समावेशीविकासकोे सन्दर्भमा खोजमुलक र विकास पत्रकारिताको पेशागत अभ्यास गर्ने
न्यूनतमयोग्यता:
  • पत्रकारिता विषय लिएर १२ कक्षा वा स्नातक तह उत्तीर्ण वाप्रेस इन्स्टिच्यूटबाट दशमहिने तालिमलिएका,
  • महिला, दलित, मधेसी, मुस्लिम, खस–आर्य र आदिवासी जनजाति लगायत सीमान्तकृत समुदायका मुद्दामा दखलभएका, 
  • सकेसम्म राष्ट्रिय दैनिक वा अनलाइन पोर्टल वा संचार क्षेत्रमा एक वर्षको अनुभवभएका,
  • नेपाली राम्ररी टाइप गर्न सक्ने, एमएस वर्ड, एक्सेल चलाउन जान्ने, ग्राफिक डिजाइनको ज्ञान भएका, र इन्टरनेट तथाअनलाइन मिडियाबारे राम्रो जानकारी भएका,
  • राजनितिक पार्टीहरु प्र्रति निष्पक्ष, सामाजिक समावेसिकरणका मुद्धाहरुवारे प्रयाप्त ज्ञान भएका, मोटरसाईकलको लाइसेन्स प्राप्त ३० वर्ष भन्दाकमउमेरका उम्मेदवारहरुलाई प्राथमिकता दिईने छ ।
प्रारम्भिक छनौटमा परेका उम्मेदवारलाई मात्रै अन्तर्वार्ता माबोलाइने छ। तलब र अन्य सुविधाकोहकमा योग्यता र अनुभवको आधारमा तय गरिनेछ ।
अनिवार्य पक्ष: 
  • रिर्पोटिङ्गबाट www.esamata.com को विकासका लागि गर्न सकिने कामबारे कम्तीमा दश बुँदामा सुझाव, 
  • आफूले तयार पारेका पाँचवटा बाइलाइन समाचारका कटिङ वा वेबलिंक, 
  • तीनजना रेफरीजको नाम,ठेगाना र सम्पर्क, 
  • आफूले अपेक्षा गरेको तलब सुविधा र व्यक्तिगत विवरण ।
आवेदन २०७३ असार २७ esamatanepal@gmail.com मा पठाउनु होला ।
उम्मेदवारहरुलाई छनौट गर्ने वानगर्ने सम्पूर्ण अधिकार www.esamata.com सँग हुनेछ । 

No comments:

Post a Comment